कावासोती – निर्माण व्यवसायी संघ नवलपुरको अध्यक्षमा राजन घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।अध्यक्ष पदका प्रत्याशी सन्तोष सुवेदीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बाबुराम घिमिरे, द्वितीय उपाध्यक्षमा कान्तबहादुर खण्डलुक, सचिवमा हरिप्रसाद ढुङ्गाना, सहसचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा प्रवीण पौडेल चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरूमा ओमप्रकाश भण्डारी, केशवप्रसाद भुर्तेल, तीर्थराज महतो, खेमप्रसाद थापा श्रेष्ठ, अतिलाल सुस्लिङ र नरेश देवकोटा चयन हुनुभएको छ ।

अध्यक्षमा चयन भएपछि घिमिरेले महँगीका कारण निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा संघको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











