२०८३ कार्तिक १ शनिबार

दाउन्नेको बस अनियन्त्रीत भएर पल्टदा ६ जनाको मृत्यु, १० घाईते

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज विहान दाउन्नेमा अनियन्त्रित भएर नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार बसमा चालक सहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाईते भएको र दुई जना सकुशल रहेका छन ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा र पठाएको छ । घाइते मध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।