२०८३ कार्तिक १ शनिबार

विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नवलपुर-  बिनय त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन तथा कार्यान्वयन गरिएका योजना, कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा गरेको छ।

गाउँपालिकाको आयोजना तथा समन्वयमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष भगवती वैद्यवार क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगरसहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखा तथा वडा कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन तथा कार्यान्वयन गरेका योजना, कार्यक्रम र गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा शाखा तथा वडाबाट भएका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीलगायतका विषय समेटिएका थिए।

प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच छलफलसमेत गरिएको थियो। छलफलका क्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धि, सुधार गर्नुपर्ने पक्ष तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायका विषयमा समीक्षा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गत आर्थिक वर्षको समग्र नतिजा राम्रो र सुधारमुखी रहेको बताउनुभयो। गत वर्षबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाएर चालु आर्थिक वर्षमा गाउँपालिकाको कार्यसम्पादनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

अध्यक्ष गिरीले नागरिकले गाउँपालिकाबाट पाउने सेवा तथा सुविधालाई थप सहज, गुणस्तरीय र जनतामैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

चालु आर्थिक वर्षमा सेवा प्रवाहमा निरन्तरता कायम राख्दै कामको गुणस्तरमा थप सुधार गर्ने र नागरिकलाई छिटो, सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष गिरीको भनाइ थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले वार्षिक समीक्षा केवल विगतका कामको विवरण प्रस्तुत गर्ने कार्यक्रम नभई आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले शाखा तथा वडा कार्यालयबाट प्रस्तुत गरिएका कार्यपत्र र प्रगतिका आधारमा भएका कामको समीक्षा गर्दै कमी–कमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो।

बस्नेतले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो। उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै योजना तथा कार्यक्रमलाई परिणाममुखी बनाउन सबै शाखा र वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासन तथा सेवा प्रवाहलगायतका विषयमा भएका प्रगतिको समीक्षा गरिएको थियो। साथै कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीलाई आगामी दिनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैद्यवार क्षेत्री, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगरसहित अन्य वडाध्यक्ष तथा जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

वार्षिक समीक्षा कार्यक्रमले गत आर्थिक वर्षमा भएका कामको अवस्था पहिचान गर्नुका साथै चालु आर्थिक वर्षमा आवश्यक सुधार, प्राथमिकता र कार्यदिशा तय गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। समीक्षा कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको समग्र कार्यसम्पादनमा सुधार गर्ने लक्ष्य लिइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।