कावासोती- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा नं. १ को अधिवेशनबाट कृष्ण बहादुर भण्डारी सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट उपसभापतिमा चेतबहादुर थापा र शर्मिला घिमिरे कँडेल, सचिवमा रियाज खान तथा सह–सचिवमा कुशल पौडेल चयन हुनुभएको निर्वाचन अधिकृत केशव प्रसाद गौडेलले जानकारी दिनुभयो ।

यस्तै, वडा समितिको सदस्यमा पदमकुमारी आले, हरिमाया काफ्ले, सुनिता परियार, सूर्यबहादुर मुक्तान, ढेलराज मल्ल, छबिलाल सापकोटा, खोमप्रसाद अधिकारी, काशीराम बस्याल, थम सारु, देव गाहा मगर र पार्वती परियार चयन हुनुभएको छ ।
अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ । प्रतिनिधिमा सिर्जना वि.क., कमला देवी श्रेष्ठ, खगिसरा गुरुङ, रामप्रसाद भुसाल, रामचन्द्र मुक्तान, नारायण प्रसाद पन्त, खगेश्वर भुसाल, दुर्गाप्रसाद भट्टराई, घनश्याम भुर्तेल, धनु भुसाल, जगत थापा, इस्लामुदिन मिया,अमरसिंह वि.क., भीमलाल डुम्रे, अवतार कँडेल, रोशन सुनार, यमबहादुर वि.क., चक्रबहादुर मुक्तान, भक्तबहादुर मुक्तान, यदुनाथ काफ्ले, तोयाराज भुसाल, र मिनकुमारी गुरुङ चयन हुनुभएको छ ।










