२०८३ आश्विन १२ सोमबार

रसुवा बाढीमा परी बेपत्ता भएका मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामुहिक दाहसंस्कार गरियो

पूर्वी नवलपरासी- रसुवा बाढीमा परी वेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । अमलटारी स्थित नारायणी नदीको किनारमा बाह्र जनाको सामुहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाईड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरु भदौ १० को बाढीमा परी बेपत्ता भएका थिए । मध्यविन्दु नगरपालिका १ सेतापानीका तिन जना र मध्यविन्दु ५ बाघखोरका नौ जना सम्पर्क विहिन भएदेखि नै यहाँको गाउँ शोकमा डुबेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवाको बाढीमा परेर मध्यविन्दु १ सेतापनीका हेम बहादुुर चौधरी, हुसन बहादुर थारु, कालीराम महतो थारु, मध्यविन्दु ५ बाघखोरका जीवन वि.क., गंगाराम मुखिया,विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु बेपत्ता भएका थिए ।

सम्पर्क विहिन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केहि पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन । मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजी कार्यमा लाग्दाको खर्च सहित काजक्रियाको लागि प्रत्येक परिवारलाई एक लाख रुपौयाका दरले राहत दिने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।