२०८३ श्रावण २ शनिबार

काठमाडौं । महिला सुरक्षा र सशक्तीकरणका विविध आयाम समेटिएको ‘सहयात्रा’ पुस्तक आज काठमाडौंको बानेश्वरमा भव्य रूपमा लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना महिला सुरक्षा दबाव समूहले गरेको हो।

समुहका संस्थापक, सल्लाहकार तथा पुस्तकमा योगदान गरेका सम्पूर्ण लेखकहरूको संयुक्त उपस्थितिमा ‘सहयात्रा’ पुस्तकको लोकार्पण गरिएको थियो।

पुस्तकको समीक्षात्मक प्रस्तुति वरिष्ठ सञ्चारकर्मी अनिता विन्दु, समालोचक प्रतिसरा सायमी र वरिष्ठ कथाकार भागिरथा श्रेष्ठले गरेका थिए। उनीहरूले पुस्तकमा समेटिएका विचार, अनुभव र महिला सुरक्षासम्बन्धी विषयवस्तुले समाजमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे।

‘सहयात्रा’ पुस्तकमा महिला सुरक्षा दबाव समूहसँग आबद्ध ६० भन्दा बढी संस्थापक, पूर्व पदाधिकारी तथा सदस्यहरूको लेख समावेश गरिएको छ।

पुस्तकले महिला अधिकार, सुरक्षा र संघर्षका विविध पाटा उजागर गर्दै समाजमा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

संस्थाकी अध्यक्ष ईरादा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सीता ओझाले गरेकी थिइन्।

कार्यक्रममा संस्थापक, सल्लाहकार, कार्यसमिति सदस्य, सञ्जाल तथा समूहसँग आबद्ध सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

काठमाडाैं । सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू छलफलमा जुट्न लागेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दल नेता भीष्मराज आङ्देम्बेले बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने गरी विपक्षी दलहरूको बैठक बोलाएका हुन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको हो ।

“संसद् अधिवेशन स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो, सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको विषय दुःखद र गम्भीर छ,” नेता आङदेम्बेले भन्नुभएको छ ।

उहाँले संसद् नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानुन ल्याउन सकिने भए पनि हाल त्यस्तो जरुरी  नरहेको भन्दै छिटो अधिवेशनमा गएर जरुरी  विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा नरहेको उल्लेख गर्नुभयो । “प्रमुख प्रतिपक्ष र अरू राजनीतिक दलसँग सामान्य परामर्श पनि नगरी हतारमा अध्यदेशबाट कानुन बनाउन खोज्नु बलमिचाइको राजनीति हो । आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? संसद्को गरिमा र मर्मको किन अवमूल्यन ?” नेता आङदेम्बेको प्रश्न छ ।

विगतदेखि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय बहसमा भए पनि यसलाई नयाँ संसद्बाट छिटो टुङ्ग्याउन आवश्यक भएको उहाँले बताउनुभयो । यसलाई संवाद, सहमति र संसदीय प्रक्रियाबाट परिपक्व ढङ्गले टुङ्ग्याउन सकिने उहाँको भनाइ छ ।

नेता आङदेम्बेले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस संसदीय दल सदैव खुला र सहयोगी रहने बताउँदै लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न भने कुनै हालतमा नदिने उल्लेख गर्नुभयो । 

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो ।  

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको प्राधिकरणले उल्लेख गरेको छ ।

विभागका अनुसार उक्त स्थानमा बुधबार साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई बिहीबार बिहान ७ः४५ बजेसम्म रहने अनुमान छ । त्यसैगरी, मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ ।

तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहन्छ । प्राधिकरणले यी स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन अनुरोध गरेको छ ।

हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ । यस्तै, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनेको छ । घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ ।

उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र यस प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन प्राधिकरणले उल्लेख गरेको छ । 

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो । 

देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकूल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । देवघाटका गुरुकूलहरु देशमै ख्याति प्राप्त रहेको कारण देशका अन्य गुरुकूलभन्दा देवघाटका गुरुकूलमा विद्यार्थीको आकर्षण बढ्ने गरेको उहाँले बताउनुभयो ।

विगतमा संस्कृत अध्ययनका लागि भारतको बनारस र बृन्दावन जाने प्रचलन थियो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराणलगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेको उहाँले उल्लेख गर्नुभयो ।

सोही वडास्थित महेश संस्कृत गुरुकूलले ३२ जना विद्यार्थीको लागि आवेदन खुलाउँदा २५० भन्दा बढी प्रवेश परीक्षामा सहभागी भएका छन् । देवघाटमा रहेका तीनवटा गुरुकूलले कक्षा ६ मा प्रत्येक वर्ष २५ देखि बढीमा ३५ जनासम्म विद्यार्थी भर्ना गर्ने गरेको छ । केही वर्षयता गुरुकूलमै बसेर संस्कृत पढ्न चाहनेहरुको सङ्ख्या बढिरहेको महेश संस्कृत गुरुकूलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताउनुभयो । उक्त गुरुकूलले प्रत्येक शैक्षिक सत्रमा बढीमा ३२ जना मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ । 

खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले अभिभावकहरुको रोजाइ गुरुकूल हुने गरेको छ । त्यसबाहेक संस्कृत भाषा र हिन्दू धर्मप्रतिको बढ्दो आकर्षणले विद्यार्थीहरु गुरुकुल आउने पौडेलको भनाइ छ । देवघाटमा सञ्चालित सबै गुरुकूलहरु दाताको भरमा नै सञ्चालन हुँदै आएका छन् । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तीन गुरुकूलहरु सञ्चालित छन् । 
गुरुकूलहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् । देवघाटमा बटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकूल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकूल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल र बालिकाहरुको लागि माताजीले सञ्चालन गरेको माँ कल्याणी बैदिक कन्या गुरुकूल सञ्चालनमा छन् ।

देवघाटमा सञ्चालित सबै गुरुकूलमा करिब ७०० बटुक अध्ययनरत छन् । प्रत्येक गुरुकूलमा करिब २२५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् । महेश संस्कृत गुरुकूलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाइ भइरहेको छ । परमानन्द संस्कृत गुरुकूलमा आचार्यसम्मको पठनपाठन सुरु गरिएको छ । त्यस्तै वेद वेदाङ्गमा शास्त्री तहसम्मको पढाइ हुन्छ ।

ती सबै गुरुकूलले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएका छन् । शास्त्री तथा आचार्य तहका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ । 

2८ असार, काठमाडौं । जारी मनसुनयाम प्रारम्भ हुनुअगाडि भरतपुर डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डको २५ स्थानमा पहिरोको जोखिम रहेको बताएको थियो । कार्यालयले चार स्थानमा उच्च र सात स्थानमा कम जोखिम रहेको भन्दै विवरण सार्वजनिक गरेको थियो ।

उच्च जोखिम रहेका स्थानमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र थियो । शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा २९ सिमलताल भन्ने स्थानमा लेदोसहितको पहिरो गयो । त्यसले दुई यात्रुबाहक बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । बसको खोजी कार्य जारी छ । दुई वटा बसमा चालकसहित कम्तीमा ५ दर्जन यात्रु सवार थिए ।

विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरकाे उचाइमा पुगेकाे छ । नेपालमा पनि सुन ताेलाकै एक लाख ३६ हजार २०० रूपैयाँकाे रेकर्डस्तरमा पुग्नु औसत मानिसकाे क्षमताभन्दा बाहिर हाे । तर सुनकाे भाउ छाेइ नसक्नु भएकाे समयमा विश्वकाे कुनै कुनामा सुनकाे जलप लगाएकाे हाेटल छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

तर यहिँ मूल्यवान सुनकाे गरगहना खरिद गर्नु र लाउनु नै अहिले चासाेकाे विषय बनिरहँदा भियतनाममा सुनकाे जलप जडित महल संचालन गरिएकाे छ।

संसारमा धेरै भवनहरू डिजाइनका कारण नै चर्चित छन्। यस्ता भवनहरूकाे अनौठो डिजाइन र आधुनिक सुविधाहरू यस्तो छन् कि देखेपछि मानिसहरू छक्क पर्छन् । यस्तै एउटा भवन भियतनामको राजधानी हनोइमा बनाइएको हाे । वास्तवमा यो भवन एक होटेल हो र यो सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल हो।

यस हाेटलमा भित्तादेखि ट्वाइलेटका सिटसम्म २४ क्यारेट सुनले बनेको छ । विश्वमा याे एक मात्र यस्ताे होटल हाे जुन सुनले मात्र बनाइएको छ ।

यद्यपि, यो होटल पूर्णतया ठोस सुनले बनेको हाेइन। तर यस होटलको पर्खालदेखि टाईलसम्म सबै गाेल्ड प्लेटेड रहेकाे छ। यसबाहेक यहाँका भाँडाकुँडा र शौचालयका सिट समेत सबै सुनकाे जलप जलाइएकाे छ। यसको अर्थ यो होटल पूरै गाेल्ड प्लेटेड हाे।

के के छन् सुविधा?

यो भियतनामस्थित हनाेइकाे ५ तारे होटल हो र यसको नाम ‘द डाेल्से हनोई गोल्डेन लेक’ हो। २५ तले बनेको यो होटलमा ३४२ कोठाहरू छन्। यस होटलको भित्ता र भुइँका टाइलहरू सुनले लेपिएकाे छ। यहाँ कार्यरत कर्मचारीको ड्रेस कोड रातो रहेकाे छ।

हाेटलमा गाेल्ड प्लेटेड इन्फिनिटी पुल, सुनकाे लबी र सुनकाै टाइल्स रहेकाे छ । यति मात्र नभइ यस हाेटलमा गाेल्ड प्लेटेड लिफ्ट पनि रहेकाे छ ।

यस हाेटलकाे बाथरूमा पनि सबै कुरा सुन जडित छ । यस बाथरूममा गाेल्ड प्लेटेड बाथ टब, सिंक्स, टाेइलेट रहेकाे छ । यसबाहेक हाेटलका फर्निचर र अप्लायन्स पनि सुनले नै बनाइएकाे हाे।

याे हाेटल बनाउन करिब ११ वर्ष समय लागेकेा थियाे । सन् २००९ देखि यो होटल निर्माण गर्न सुरू गरिएकाे थियाे भने २०२० काे जुलाइमा याे हाेटलकाे औपचारिक सुरूवात गरिएकाे थियाे ।

होटल शुल्क प्रति रात ३२ हजारदेखि साढे ७ लाखमाथि

यस होटलमा एक रात बस्नको लागि शुरुवाती भाडा करिब ३२ हजार रूपैयाँ छ ।  यस होटलको कोठामा एक रात बस्नको लागि डबल बेडरूम सुइटको शुल्क झण्डै एक लाख २५ हजार रुपैयाँ छ भने सुइटको मूल्य ७ लाख ७६ हजार रुपैयाँ बराबर छ । यो होटलमा सबै सुविधाहरु छ। यसमा गेमिङ क्लब, स्विमिङ पुल, क्यासिनो र पोकर गेम जस्ता सबै सुविधाहरू छन्।

याे गोल्ड प्लेटेड होटेलमा बस्न नसक्ने व्यक्तिले गोल्डकपमा कफी पिएर आनन्द लिन सक्छन् । यस बाहेक सुनको बाथटबमा बसेर उनीहरू नुहाउन पनि सक्छन् । तर यसका लागि छुट्टै पैसा तिर्नुपर्नेछ।

काे हुन् यस हाेटलका मालिक ?

यो होटल बिन समूहका अध्यक्ष गुएन हुउ डुओङको स्वामित्वमा रहेकाे छ।डुओङ होआ बिन समूह एक शीर्ष पर्यटन र कार्यक्रम प्रदायकहरू मध्येकाे एक हाे । यसका केही लाेकप्रिय होटलहरूमा सोमरसेट होआ बिन, डोल्से हनोई गोल्डेन लेक र दानङ गोल्डेन बे समावेश छन्।

डुओङका अनुसार यस होटलमा प्रवेशद्वारदेखि छतसम्मका धेरै वस्तु या त सुनको बनेका छन् वा सुनको लेप लगाइएको छ ।

करिब १०० मिलियन डलरको लागतमा बनेको यस होटलको करिडोर र कोठादेखि लिएर कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरामा सुनको जलप छ। यो आफैंमा विश्वको पहिलो स्वघोषित सुनको प्लेटेड होटल हो।

काेराेनाले थलिएकाे थियाे हाेटल

कोरोना भाइरसका कारण विश्वभरको पर्यटन उद्योग नराम्ररी प्रभावित भएपछि भियतनाम पनि यसबाट अछुतो रहेन । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको थियाे।कोरोना महामारीका कारण विगतका वर्षमा यो होटेलले खासै आम्दानी गर्न सकेन ।

तर पनि सन् २०२१ मा यो होटेलबाट आम्दानी हुने अपेक्षा होटल सञ्चालकले गरेका थिए । यो होटल ‘डोल्से हनोई गोल्डेन लेक’ का मालिकहरूले अर्को वर्ष पैसा कमाउने आशा गरेका थिए।

लिलामीमा राखियाे गाेल्ड प्लेटेड हाेटल

तर मार्च २०२३ मा हनोई गोल्डेन लेक हाेटल बिक्रीमा राखियाे । याे हाेटल लिलामीमा राखिएकाे संचारमाध्यमले लेखेका थिए। हाेटलकाे सुरूवाती मूल्य २५० मिलियन डलरमा राखिएकाे थियाे। लिलामी मार्चको लागि तय गरिएको थियाे। कम्पनीकाे कर्मचारी क्षतिपूर्ति दिने चाहना र ब्याजको लागि कोषको कमीका कारण सम्पत्ति बेच्न खाेजेकाे हाेटलका संचालक डुओङले बताएका थिए ।

साे समयमा करिब १० इच्छुक लगानीकर्ताले मूल्यको लागि वार्ता गरिरहेकाे संचारमाध्यमले उल्लेख गरेका थिए । २५० मिलियन अमेरिकी डलरकाे प्रस्ताव गर्दै डुओङले होटलको आकर्षक व्यावसायिक मूल्यका लागि मूल्य बढी हुने अपेक्षा गरेकाे बताइएकाे थियाे।

यद्धपी अचानक डुओङले उक्त लिलामी रद्ध गरेकाे खबर पनि पछि बाहिरिएकाे थियाे ।

डुओङकाे होआ बिन समूहको हाल हनोईमा करिब ९,००० वर्ग मिटर जमिन छ र सामाजिक आवास परियोजना निर्माण गर्ने योजना छ । तर लगभग एक वर्षको प्रतिक्षा पछि पनि परियोजना स्वीकृत भएको छैन जसले कम्पनीको अवस्थालाई थप जटिल बनाएकाे हाे।

एजेन्सीकाे सहयाेगमा ।

काठमाडौँ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ । यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ ।

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकले जति धेरै टिकट खरिद गरे, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत अथवा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको जनाइएको छ।

भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । उनका अनुसार आजदेखि सोलुखुम्बु, बाँके र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए ।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए ।

दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने झाको भनाइ छ ।

काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री एमालेमा फर्किने मन बनाएर बसेकी छिन् । पछिल्लो समय पार्टीमा त्यति सक्रिय नभएकी झाँक्री विभिन्न सामाजिक कार्यमा भने सक्रिय छिन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग उनको त्यति सुमधुर सम्बन्ध छैन् ।

उनले पार्टी नेतृत्वको खुलेर आलोचना गर्ने गरेकी छिन् । पछिल्लो समय उनले मिडियामार्फत सार्वजनिक रुपमै एमाले अध्यक्ष केपी शर्मा ओलीको भने खुलेर प्रशंसा गर्ने गरेकी छिन् । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउँदा झाँक्री लाइमलाईटमा थिईन्। पार्टी फुटाउन निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गरेकी झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री समेत बनिन् ।

तर, मन्त्रीबाट अध्यक्ष नेपालले अपमानजनक रुपमा फिर्ता बोलाएपछि भने झाँक्री नेपालसँग रुष्ट थिईन् । त्यही समयदेखि उनीहरुबीच सम्बन्धमा चिसोपना आएको जानकारहरु बताउँछन् । झाँक्रीले एमालेको दशैं, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोहमा झाँक्री बुके लिएर च्यासल पुगेकी थिईन् ।

उनले त्यहाँ एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग अंकमाल गर्नुको साथ एमाले नेताहरुसँग हार्तिकता देखिएको । ओलीले समेत झाँक्रीलाई विशेष महत्व दिएका थिए । झाँक्रीलाई एमालेमा फर्किनको लागि सबैभन्दा बढि जोड सचिव योगेश भट्टराई, ठाकुर गैरेलगायतले गरिरहेका छन् । अहिले ओलीले समेत एमालेमा फर्किएर सक्रियताका साथ काम गर्न भनिरहेका छन् ।

उनले पनि आफूनिकटका साथीभाइहरुसँग ढिलो चाँडो एमाले र एकीकृत समाजवादी एक बनाउनुको विकल्प नहुने बताउने गरेकी छिन् । उनले माधव नेपालले एमालेसँग एकता गर्न ढिलाई गरे आफू चाहीँ अब नरोकिने पनि भन्न थालेको चर्चा छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।