२०८३ आश्विन १२ सोमबार

हुप्सेकोटको घाँगी भीरमा निस्केको धुवाँको अध्ययन गर्न विशेषज्ञ टोली आउदै

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट निरन्तर धुवाँ निस्किरहेको विषयमा अध्ययन तथा अनुसन्धान गर्न विशेषज्ञ टोली स्थलगत रूपमा आउने भएको छ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुइँटेलको नेतृत्वमा चार सदस्यीय टोलीलाई घाँगी भीरमा स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटाइएको हो।

आवश्यक उपकरणसहित घटनास्थल पुग्ने विशेषज्ञ टोलीले भीरबाट निस्किरहेको धुवाँ तथा देखिएको आगोको कारणबारे अध्ययन गर्नेछ। स्थलगत अध्ययन तथा आवश्यक परीक्षणपछि धुवाँ निस्किनुको वास्तविक कारण र सम्भावित जोखिमबारे तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडबाट गत चैतदेखि निरन्तर धुवाँ निस्किरहेको स्थानीयले बताएका छन्। सो क्षेत्रमा करिब दुई वर्षअघि पहिरो गएको थियो।

सुरुवाती समयमा सामान्य देखिएको धुवाँको मुस्लो पछिल्लो समय बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। धुवाँसँगै अमिलो तथा बारुदजस्तो गन्ध आउने गरेको स्थानीयको भनाइ छ।

लामो समयदेखि धुवाँ निस्किरहेको भए पनि यसको कारणबारे स्पष्ट तथ्य बाहिर नआएको अवस्थामा अब विशेषज्ञ टोलीले गर्ने स्थलगत अध्ययनलाई स्थानीयले चासोका साथ हेरेका छन्।

अब घाँगी भीरबाट निस्किरहेको धुवाँ प्राकृतिक प्रक्रिया हो वा भूगर्भभित्रको कुनै गतिविधिको संकेत—विशेषज्ञको अध्ययनपछि यसको जवाफ आउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।