२०८३ आश्विन १२ सोमबार

नवलपुर होटल व्यवसायी संघद्वारा बाढीपीडितका लागि १ लाख २३ हजार सहयोग

कावासोती – भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारलाई सहयोग गर्न नवलपुर होटल व्यवसायी संघले १ लाख २३ हजार ६३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

संघले नवलपुरका होटल व्यवसायीहरूबाट विपद् प्रभावितको सहयोगका लागि स्वतःस्फूर्त रूपमा १ लाख ३८ हजार ६३३ रुपैयाँ संकलन गरेको जनाएको छ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको भौचर प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई हस्तान्तरण गर्दै संघका अध्यक्ष सन्तोष राना मगरले सहयोगबारे जानकारी गराउनुभएको हो।

विपद्को सुरुवाती चरणदेखि नै राज्यका निकाय तथा पीडित परिवारलाई सहयोग गर्दै आएको संघले नवलपुरमा फेला परेका शवको पहिचानका लागि आउने परिवारजन तथा आफन्तका लागि निःशुल्क खाना तथा आवासको व्यवस्थासमेत गरेको थियो।

संघले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वअन्तर्गत होटल व्यवसायीहरूलाई सहयोगमा सहभागी गराउँदै आएको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।