२०८३ मंसिर १३ आईतवार

ट्रेन्ड्स :-

Search

नवलपुर- नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा २३५ मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भइरहेको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त शीत भण्डारबाट मध्यविन्दु नगरपालिका तथा आसपासका क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ।

६ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनामा भारत सरकारको करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ। सम्झौताअनुसार १४ महिनाभित्र अर्थात् २०८४ साल कात्तिक १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

शीत भण्डार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सुरक्षित भण्डारण गर्न पाउनेछन्। यसबाट कृषि उपजको नोक्सानी कम हुनुका साथै उचित मूल्यमा बिक्री गर्न र बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३, बेलहानीमा श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३ सुरु भएको छ।मङ्सिर ९ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन मंगलबार चौधरी फाउन्डेसनकी सचिव तथा सीजी समूहकी निर्देशक सारिका चौधरीले गर्नुभएको आयोजकले जनाएको छ।

नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रविधिमैत्री तथा सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल समारोह समितिका अध्यक्ष लक्ष्मीकान्त पाण्डेले जानकारी दिनुभयो।हुप्सेकोट प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षता तथा सीजी समूहकी निर्देशक सारिका चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले विद्यालयको शैक्षिक विकास र उन्नतिका लागि आफूहरू आवश्यक सहयोग गर्न तथा जुनसुकै कदम चाल्न पनि तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा उपस्थित हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले समग्र हुप्सेकोटको पहिचान र शैक्षिक विकाससँग जोडिएको यस महायज्ञलाई सफल बनाउन सम्पूर्ण धर्मानुरागी तथा शिक्षाप्रेमी व्यक्तिहरूले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले गाउँपालिकाको तर्फबाट पनि शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा हुप्सेकोट गाउँपालिका–३ का वडाध्यक्ष विष्णु रानालगायत विभिन्न शैक्षिक तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको समेत सहभागिता रहेको थियो। महायज्ञ अवधिभर पण्डित बासुदेव घिमिरे र आचार्य शिवशक्ति दासजी महाराजबाट संगीतमय श्रीमद्भागवत कथा वाचन, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मङ्सिर २ गते बुधबारदेखि दैनिक बिहान ७ बजेदेखि हवन, पूजाआजा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् भने साँझ ७ बजेदेखि ९:३० बजेसम्म भजनकीर्तनको कार्यक्रम आयोजना गरिनेछ। आयोजकले महायज्ञमा सहभागी भई धार्मिक, शैक्षिक तथा सामाजिक अभियानलाई सफल बनाउन सहयोग र सद्भाव प्रदान गर्न सम्पूर्ण धर्मानुरागी, शिक्षाप्रेमी तथा सर्वसाधारणमा आग्रह गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।