२०८३ मंसिर १३ आईतवार

ट्रेन्ड्स :-

Search

नवलपुर- हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा सुरु भएको रथयात्राले मेचीदेखि महाकालीसम्मका प्रमुख धार्मिकस्थलको परिक्रमा गरेको थियो। यात्राका क्रममा सङ्कलन गरिएको मेची र महाकालीको जल गण्डकी नदीमा अर्पण गरिने रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

रथयात्रा सम्पन्न भएसँगै त्रिवेणीधाममा एकमहिने सुअष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आजबाट सुरु भएको छ।

महायज्ञमा गौपूजा, गण्डकी पूजन, कलश यात्रा, पितृमुक्ति यज्ञ, हवन, भागवत प्रवचन तथा विभिन्न धार्मिक अनुष्ठान गरिनेछ। प्राकृतिक विपत्ति, महामारी तथा विभिन्न घटनामा दिवङ्गत भएकाहरूको आत्माको शान्ति र उद्धारका लागि महायज्ञ आयोजना गरिएको स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

महायज्ञको अर्को उद्देश्य नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेकोसमेत उहाँले जानकारी दिनुभयो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।