२०८३ मंसिर १३ आईतवार

ट्रेन्ड्स :-

Search

दुम्किबास-  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ को आयोजनामा सञ्चालित चारदिने ‘सामुदायिक अगुवा क्षमता विकास तथा संस्था सञ्चालन सीप विकास तालिम’ सम्पन्न भएको छ।

वडाभित्रका विभिन्न आमा समूह तथा समुदायमा सक्रिय ३० जना अगुवा महिलाको सहभागिता रहेको तालिममा संस्था सञ्चालनका विधि तथा प्रक्रिया, निर्णय पुस्तिका व्यवस्थापन, माइन्युट लेखन, निवेदन तथा चिठीपत्र लेखन, कार्यक्रम सञ्चालन र भाषणकलालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष पुष्पा आले मगरले वडाले विगतदेखि नै विभिन्न सीपमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। यस वर्ष पनि समुदायमा सक्रिय अगुवा महिलाहरूको क्षमता अभिवृद्धि र संस्थागत कार्यसम्पादनलाई व्यवस्थित बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा वडा सदस्य विना राना मगर, वडा सचिव विष्णुकुमारी पुनलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिममा सहभागी महिलाहरूले चारदिने प्रशिक्षण फलदायी भएको प्रतिक्रिया दिएका छन्। तालिमबाट आ–आफ्ना समूहको बैठक सञ्चालन, निर्णय लेखन, पत्राचार तथा संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउन आवश्यक ज्ञान र सीप प्राप्त भएको उनीहरूले बताएका छन्।

चार दिनसम्म सञ्चालित तालिममा सञ्चारकर्मी विष्णु गौडेल र धनु भुसालले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

नवलपुर- हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ। चीनमा सम्पन्न United Cities and Local Governments Asia-Pacific (UCLG ASPAC) को विस्तारित बैठकबाट पाण्डेले अध्यक्ष (President) को जिम्मेवारी प्राप्त गर्नुभएको हो। यस जिम्मेवारीसँगै पाण्डेले एसिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको साझा मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नुभएको छ। UCLG ASPAC को आधिकारिक निर्णयअनुसार पूर्व अध्यक्ष डाकिला कार्लो कुआको निधनपछि रिक्त रहेको नेतृत्वमा पाण्डेलाई सन् २०२७ मा हुने ११औँ महाधिवेशनसम्मका लागि कार्यवाहक अध्यक्ष (Acting President) नियुक्त गरिएको हो। अक्टोबर ३० मा चीनको हाइकाउमा सम्पन्न क्षेत्रीय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।  UCLG ASPAC एसिया तथा प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यस संस्थामा अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु नेपालका स्थानीय सरकारहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। यसअघि सन् २०२५ मा दक्षिण तथा दक्षिणपश्चिम एसिया उपक्षेत्रको प्रतिनिधित्व गर्दै पाण्डे UCLG ASPAC को नेतृत्व तहमा पुग्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।