२०८३ श्रावण २ शनिबार

अविरल वर्षासँगै नवलपुरका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जंगलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घर प्रभावित भएका छन्। तीमध्ये आठ घरका ३५ जना आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

प्रहरीका अनुसार घटनामा मानवीय तथा चौपायाको क्षति भने भएको छैन। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ। यस्तै, गैँडाकोट नगरपालिका–१५ मा वडा अध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षाको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ। सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडा क्षति भएको छ।

गैँडाकोट–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा पहिरोसँगै सिसौ र सालका रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली सडक खुलाउने काममा जुटेको छ। हुप्सेकोट गाउँपालिकामा पनि वर्षाले असर पुर्‍याएको छ। रातेखोलामा पानीको बहाव बढेपछि रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको छ भने वडा नम्बर ६ को बाडाखोलामा पहिरो खस्दा झ्यालवास–वडा कार्यालय सडकसमेत बन्द भएको छ।

प्रहरी र स्थानीय तहको समन्वयमा अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। निरन्तर वर्षा भइरहेकाले नदी किनार, पहाडी सडक तथा जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।