२०८३ आश्विन १२ सोमबार

हुप्सेकोटको घाँगी भीरबाट निस्किएको धुवाँमा कोइलामा पाइने कार्बनयुक्त तत्व

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ स्थित घांगी भीरमा गत चैत महिनाबाट निस्किरहेको धुवा कोइलामा पाईने कार्बनयुक्त तत्व रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सो क्षेत्रका चट्टानमा कोइलामा पाईने कार्बनयुक्त तत्वहरु देखिएको हुदा स्थलगत निरीक्षण पछि आवश्यक अध्ययनका लागि चट्टान र पानीको नमुना संकलन गरिएको भुगर्भविद प्रकाश लुइटेलले बताउनुभयो ।

कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवा र ताप उत्पन्न भएको विज्ञ टोलीले आशंका गरेका छन । लामो समयदेखि निरन्तर धुवा निस्किरहेपछि यसको स्थलगत अध्ययन तथा अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागका भूगर्भविद प्रकाश लुईटेलको नेतृत्वमा आएको चार सदस्यीय विज्ञको टोली सो क्षेत्रमा पुगेका थिए ।

अहिले ठूलो मात्रामा जमिनमुनिबाट धुवा निस्किरहेको र सो क्षेत्र वरिवारीका रुखविरुवाहरु जल्ने गरी ताप बढ्को छ । धुवा निस्किएको ठाउँमा जादा हानीकारक ग्यास पनि आउन सक्ने सम्भावना हुने हुदा मानिसहरुलाई सो क्षेत्र नजिन नजान विज्ञको टोलीले आग्रह गरेको छ । 

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।